ट्रेन्डिङ

मधेश सरकारको बजेट मन्त्रिपरिषद्बाट पारित, अब प्रदेश सभामा प्रस्तुति हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटलाई अन्ततः अन्तिम रूप दिँदै मन्त्रिपरिषद्बाट पारित गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसोदेखि जारी बैठकले बजेटलाई अनुमोदन गरेसँगै अब प्रदेश सभामा प्रस्तुत गर्ने बाटो खुलेको छ।

मुख्यमन्त्री सतिश सिंहले जानकारी दिएअनुसार, संवैधानिक प्रावधान अनुसार सदनमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने भएकाले यो बैठक महत्त्वपूर्ण रहेको थियो। यस वर्ष प्रदेश सरकारको बजेटको आकार बढ्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। स्रोतका अनुसार, मधेश सरकारले करिब २ अर्ब रुपैयाँ बजेट थप गरेर करिब ४७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

बजेट मन्त्रिपरिषद्बाट पारित भइसकेकाले अब सरकारले प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यद्यपि, आज अपरान्ह ४ बजेदेखि नै प्रदेश सभाको बैठकको कार्यसूची रहे पनि, मन्त्रिपरिषद्को बैठक लम्बिएका कारण बजेट भाषण सुरु हुन भने केही ढिलाइ भएको छ। सांसदहरू बजेट प्रस्तुतिको व्यग्र प्रतीक्षामा छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै