काठमाडौं । सुनको मूल्य आज ह्वातै बढेको छ । बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार बढीले वृद्धि भएको जनाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मात्रै एक तोलामा सुनको मूल्य ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख (७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।