ट्रेन्डिङ

अनेरास्ववियु ‘महादंगल’ : ५ सय बढी उम्मेदवार मैदानमा, अध्यक्षमा कडरिया र पौडेल भिड्दै (सूचिसहित)

वीरगन्ज । नेपालको विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण स्थान राख्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाले तीव्रता पाएको छ।

२०३ पदका लागि ५ सयभन्दा बढी आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएसँगै संगठनभित्र ‘महादंगल’ सुरु भएको छ। विशेषगरी, संगठनको सर्वोच्च पद अध्यक्ष मा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच रोचक भिडन्त हुने देखिएको छ। यी दुई हेभीवेट उम्मेदवारले आ–आफ्नो प्यानलसहित जित सुनिश्चित गर्ने दाबी गरिरहेका छन्।

उपाध्यक्ष खुलातर्फ ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, र गणेशबहादुर शाहीजस्ता प्रभावशाली अनुहारहरू मैदानमा छन्। यस्तै, महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।

महासचिव पदमा दिपक धामी, आर के रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ, जसले यस पदलाई पनि त्रिपक्षीय प्रतिस्पर्धामा धकेलेको छ। ४ जना सचिव पदका लागि त ३६ जनाले उम्मेदवारी हालेका छन्, जसले संगठनभित्र युवा नेतृत्वको तीव्र आकांक्षालाई झल्काउँछ। प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले पनि सचिवमा उम्मेदवारी दिएका छन्।

यसपटकदेखि थप गरिएका अनुशासन, लेखा र नीति तथा अनुगमन आयोगका प्रमुख पदमा पनि प्रतिस्पर्धा देखिएको छ। प्रकाश विष्ट, विराज अर्याल र धर्मशीला रोकायाले यी आयोगहरूको नेतृत्वका लागि उम्मेदवारी दिएका छन्।

१५१ सदस्यीय केन्द्रीय कमिटी र आयोगका १३ जना पदाधिकारी (प्रमुख, उपप्रमुख र सचिव) सहित कुल २०३ पदका लागि परेका ५ सयभन्दा बढी उम्मेदवारीले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र र यसप्रतिको आकर्षणलाई स्पष्ट पारेको छ। ४९ सदस्यीय सचिवालय पनि हलबाटै चुनिने छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै