ट्रेन्डिङ

मधेसमा आज सार्वजनिक बिदा

वीरगन्ज । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ । 

गृह मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै