ट्रेन्डिङ

मधेस सभामा प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै

जनकपुर । मधेस सरकारको वार्षिक नीति तथा कार्यक्रम सुरु भएको छ ।

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । आर्थिक वर्ष ०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम अहिले प्रस्तुत भइरहेको छ ।

चार बजेदेखि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेपनि पौने एक घन्टा ढिलो सदन सुरु भएको हो । नीति तथा कार्यक्रममार्फत सरकार केही महत्वपूर्ण र महत्वकाँक्षी योजनाहरु घोषणा गर्ने जनाइएको छ । स्रोतका अनुसार मधेस सरकारले यसपटकको नीति तथा कार्यक्रममार्फत मधेसमा व्यापक सुधार ल्याउनतर्फ केन्द्रीत रहेको छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको नीति आयोग मधेसका उपाध्यक्ष डा. सोहन साहले बताए । उनका अनुसार पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरु ल्याउन लागिएको हो । ‘इन्टर कनेक्टेड वे’ मा नीति तथा र्काक्रम ल्याउन लागिएको उनको भनाइ छ ।

खासगरी शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यावसायिकरण गर्ने काम प्राथमिकतामा राखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरुको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरु तयार पारिको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै