वीरगन्ज । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले सर्लाही जिल्लाका विभिन्न स्थानीय तहहरूमा समपूरक अनुदान र विशेष अनुदान मार्फत ठूलो मात्रामा बजेट विनियोजन गरेको छ। यसले जिल्लाभर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, उद्यम विकास र सामाजिक उत्थान लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
जिल्लामा समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न स्थानीय तहहरूमा कुल लागत करिब १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीका आयोजनाहरूका लागि करिब २८ करोड २७ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
तल सर्लाही जिल्लाका स्थानीय तहअनुसार आयोजनाको कुल लागत र आगामी वर्षका लागि विनियोजित रकमको विस्तृत विवरण प्रस्तुत गरिएको छ:
कुल लागत: १० करोड ९० लाख रुपैयाँ
विनियोजित रकम: ३ करोड २९ लाख रुपैयाँ
आयोजनाहरू: छात्रावास भवन निर्माण, नगर नाला निर्माण आयोजना, जियाजोर देही वडा नम्बर १३ जोड्ने सडक कालोपत्रे।
कुल लागत: १३ करोड ८ लाख रुपैयाँ
विनियोजित रकम: ३ करोड ३ लाख रुपैयाँ
आयोजनाहरू: विद्यालयहरूमा डिजिटल बोर्ड, फर्निचर, शैक्षिक उपकरण खरिद, नगरको गौरवको आयोजना अधुरो हरिवन रिङरोड निर्माण अन्तर्गत १० कि.मि. सडक कालोपत्रे, हरिवन नपा भित्रको सडकमा नाला निर्माण।
कुल लागत: ८ करोड ५० लाख रुपैयाँ
विनियोजित रकम: १ करोड ९९ लाख रुपैयाँ
आयोजनाहरू: गरिब तथा सीमान्तकृत समुदायका लागि उद्यम विकास कार्यक्रम, बरहथवा न.पा. वडा नम्बर २ को हलुवा वदान देखि वन्दना चोक हुँदै रौतहट जिल्लाको गढीमाइ न.पा. सर्नपर जोड्ने सडक कालोपत्रे कार्य।
कुल लागत: ७ करोड ५० लाख रुपैयाँ
विनियोजित रकम: १ करोड ४२ लाख रुपैयाँ
आयोजनाहरू: बयलबास बजारमा आधुनिक बधशाला निर्माण तथा फोहर व्यवस्थापन, बलिङ्ग सेन्टरको भवन निर्माण।
कुल लागत: २८ करोड ४७ लाख रुपैयाँ
विनियोजित रकम: ७ करोड ७६ लाख रुपैयाँ
आयोजनाहरू: वडा नम्बर ९ स्थित रामजानकी मा.वि.को भवन निर्माण, नगरपालिकामा आवश्यकता अनुसार डिप बोरिङ जडान, हरिपर्वा वडा नम्बर ६ को पशु सेवा केन्द्र देखि पश्चिमी धनकौल हुँदै श्याम बाबु रिजालको खेतसम्म कालोपत्रे, बसन्तपुर कवि पोखरी देखि वडा नम्बर ६ हुँदै डुमरिया वडा नम्बर ४ सम्म जाने सडक नाला सहित निर्माण।
कुल लागत: ८ करोड रुपैयाँ
विनियोजित रकम: २ करोड ३५ लाख रुपैयाँ
आयोजनाहरू: शिक्षक विकासका लागि विद्यालय फर्निचर, कम्प्युटर, डिजिटल बोर्ड, प्रयोगशाला उपकरण तथा पुस्तकालय लगायतका सामान, आधारभूत विद्यालय जिगडवाको विद्यालय भवन निर्माण।
कुल लागत: ४ करोड ४३ लाख रुपैयाँ
विनियोजित रकम: १ करोड ६८ लाख रुपैयाँ
आयोजनाहरू: गाउँपालिका भित्र सुविधा सहितको विपन्न बस्ती निर्माण, सुविधा सहितको एकीकृत दलित बस्ती निर्माण, ब्रह्मपुरी गो.पा. वडा नम्बर ६, सर्लाही।
कुल लागत: २३ करोड २० लाख रुपैयाँ
विनियोजित रकम: ६ करोड ५४ लाख रुपैयाँ
आयोजनाहरू: पोषणका लागि स्रोतजन मोरिङ्गा कार्यक्रम, आधारभूत अस्पताल व्यवस्थापन तथा सञ्चालन, नाढी मन ताल संरक्षण, मौलिक पुनर्निर्माण र सौन्दर्यीकरण आयोजना, विभिन्न वडाका गाउँपालिका केन्द्रित जोड्ने लिंक रोडहरू कालोपत्रे।
कुल लागत: ५ करोड ३२ लाख रुपैयाँ
विनियोजित रकम: १ करोड २१ लाख रुपैयाँ
आयोजनाहरू: वडा नम्बर १ देखि वडा नम्बर २ सम्मको मेन सडकमा नाला निर्माण, वडा नम्बर १ मा राजारानी मन्दिर देखि पुल जाने सडकमा कालोपत्रे।
कुल लागत: ६ करोड रुपैयाँ
विनियोजित रकम: १ करोड ८२ लाख रुपैयाँ
आयोजनाहरू: गरिब तथा सीमान्तकृत समुदायहरूको खानेपानीमा पहुँच कार्यक्रम, सदाबहार सिँचाइ आयोजनाको आधुनिकीकरण कार्य र नयाँ नहर तथा नाला निर्माण कार्य।
कुल लागत: ११ करोड ९८ लाख रुपैयाँ
विनियोजित रकम: १ करोड ९२ लाख रुपैयाँ
आयोजनाहरू: बृद्धाश्रम भवन निर्माण, विष्णु गा.पा. ६ सिर्रा थारूटोल चोक देखि विष्णु गा.पा. ३ माध्यमिक विद्यालय भवनसम्मको सडक कालोपत्रे।
कुल लागत: ८ करोड रुपैयाँ
विनियोजित रकम: ३ करोड रुपैयाँ
आयोजनाहरू: सामुदायिक विद्यालयहरूका भवन तथा शौचालय निर्माण र सौन्दर्यीकरण, विद्यार्थी माध्यमिक विद्यालयमा शिक्षक गुणस्तर सुधार कार्यक्रम, वडा नम्बर १ को विभिन्न सडक ढलान तथा स्तर उन्नति।
कुल लागत: १४ करोड रुपैयाँ
विनियोजित रकम: २ करोड ५ लाख रुपैयाँ
आयोजनाहरू: कविलासी न.पा. ०७ सिरसिया हुँदै हर्वपरसम्म सडक कालोपत्रे, कविलासी चोक देखि जर्लनिया सम्म ढंगासहितको सडक कालोपत्रे कार्यक्रम।
कुल लागत: २ करोड ८० लाख रुपैयाँ
विनियोजित रकम: ७२ लाख रुपैयाँ
आयोजना: ब्रह्मदेव राको घर देखि गोईयाही जाने सडक कालोपत्रे।
कुल लागत: १ करोड ५० लाख रुपैयाँ
विनियोजित रकम: १ करोड ५ लाख रुपैयाँ
आयोजना: राजनगर गा.पा.-४ मा बहअवा स्वास्थ्य चौकीको भवन निर्माण कार्य।
कुल लागत: १ करोड ९० लाख रुपैयाँ
विनियोजित रकम: ७६ लाख रुपैयाँ
आयोजना: बालमन्दिर चोक देखि रिङ्ग रोड तथा कृष्णमती देखि पूर्वी बोडर सम्म पक्की सडक नाला सहित कालोपत्रे।