ट्रेन्डिङ

काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित

वीरगन्ज । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई कार्यालय प्रवेशमा अवरोध गरेको र सो दिन बल प्रयोग समेत गरेको आरोपमा निलम्बन गरेका हुन्।

एसएसपी पाण्डेलाई गत चैत २१ गतेको घटनाको जाँचबुझ नसकिँदासम्मका लागि महानगर प्रहरी बल ऐन बमोजिम बढीमा ६ महिनाको अवधिका लागि निलम्बन गरिएको छ। निलम्बनको निर्णय प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर जानकारी गराएका छन्।

स्रोतका अनुसार, गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पाण्डेसँग स्पष्टीकरण मागेका थिए। उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि निलम्बनको कदम चालिएको बुझिएको छ। चैत २१ गतेको सो घटनामा पाण्डेले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउन बल प्रयोग गरेको र उपमेयर तथा केही वडाध्यक्षहरूसँग समेत भनाभन भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै