ट्रेन्डिङ

पर्साका स्थानीय तहमा साढे ३७ करोडको संघीय अनुदान : कुन पालिकामा के बन्ने ? कसले कति पाए अनुदान !

वीरगन्ज । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा विशेष र समपुरक अनुदानमार्फत कुल ३७ करोड ८१ लाख रुपैयाँ बराबरका महत्त्वाकांक्षी परियोजनाहरू स्वीकृत गरेको छ।

यो अहिलेसम्मकै ठूलो संघीय बजेट विनियोजनमध्ये एक हो, जसले जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, आवास र पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य विकासको ढोका खोलेको छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विस्तृत विवरणअनुसार पर्साका वीरगन्ज महानगरपालिका, ठोरी, जिराभवानी, जगन्नाथपुर, पटर्वा सुगौली, सखुवा प्रसौनी, बहुदरमाई, पोखरिया, छिपहरमाई, पकाहा मैनपुर, बिन्दबासिनी, पर्सागढी र कालिकामाई गाउँपालिकाहरूले नयाँ तथा क्रमागत गरी १५ भन्दा बढी बृहत् योजनाहरू प्राप्त गरेका छन्। यसले स्थानीयस्तरमा विकासको गतिलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

प्रमुख परियोजना र तिनका क्षेत्रगत प्रभाव 

१. सडक सञ्जाल विस्तार तथा यातायात पूर्वाधार (कुल विनियोजन : १६ करोड ४५ लाख रुपैयाँ) :
डोकैला चोकदेखि बर्वा हुँदै भौराटार र पटनी जाने सडक बहुदरमाई : ७ करोड रुपैयाँ लागतको ३ वर्षे योजना। समपुरक अनुदानमा १ करोड ५ लाख रुपैयाँ विनियोजन।

हुलाकी राजमार्ग दक्षिण भाथा जोड्ने सडक कालोपत्रे पटर्वा सुगौली : ७ करोड रुपैयाँ लागतको ३ वर्षे योजना। १ करोड २२ लाख रुपैयाँ विनियोजन।

मालोवस्ती सामुदायिक ताल संरक्षण ठोरी : ८५ लाख रुपैयाँ लागत। ७२ लाख रुपैयाँ अनुदान।
वडा नं. ४ सन्दरवस्ती जाने बाटो ढलान ठोरी : १ करोड रुपैयाँ लागत। ५० लाख रुपैयाँ अनुदान।

जिराभवानी खोला नदी नियन्त्रण जिराभवानी : १ करोड रुपैयाँ लागत। ८५ लाख रुपैयाँ अनुदान।
वडा नं. २ मा बजार रोड निर्माण पकाहा मैनपुर : ४० लाख रुपैयाँ लागत। ४० लाख रुपैयाँ अनुदान।
नहर रोड तथा सहायक रोड ढलान र नाला निर्माण कालिकामाई : ३ करोड रुपैयाँ लागत। ६८ लाख रुपैयाँ अनुदान।

आरसीसी सडक निर्माण पोखरिया : १ करोड रुपैयाँ लागत। ५० लाख रुपैयाँ अनुदान।
रघुनाथपुरदेखि चोपडाइभावी मन्दिर, फुलवरिया हुँदै चनपुर पक्की बाटो पर्सागढी : १० करोड रुपैयाँ लागतको क्रमागत योजना। २ करोड ५० लाख रुपैयाँ विनियोजन।

२.  स्वास्थ्य सेवा सुदृढीकरण (कुल विनियोजन : ९ करोड २९ लाख रुपैयाँ) : 
स्वास्थ्य चौकी भवन निर्माण वीरगन्ज महानगरपालिका : ६ करोड ५ लाख रुपैयाँ लागतको क्रमागत योजना। २ करोड ७० लाख रुपैयाँ विनियोजन।

स्वास्थ्य उपकरण, प्रयोगशाला सामग्री र बर्थिङ सेन्टरका लागि शैया तथा उपकरण खरिद वीरगन्ज महानगरपालिका : ५ करोड रुपैयाँ लागत। २ करोड ७५ लाख रुपैयाँ अनुदान।

आधारभूत अस्पताल सञ्चालनका लागि उपकरण खरिद तथा व्यवस्थापन पटर्वा सुगौली : ३ करोड रुपैयाँ लागत। १ करोड ६५ लाख रुपैयाँ अनुदान।

तुलसीबर्वा अधुरो वर्थिङ सेन्टर निर्माण छिपहरमाई : १ करोड १५ लाख रुपैयाँ लागत। ६८ लाख रुपैयाँ अनुदान।

३. खानेपानी तथा सिँचाइ (कुल विनियोजन : १ करोड ८६ लाख रुपैयाँ) : 
डिप बोरिङ जडान बहुदरमाई : १ करोड १७ लाख रुपैयाँ लागत। ९९ लाख रुपैयाँ अनुदान।
ढंगही नदी सिँचाइ योजना बिन्दबासिनी : ७ करोड रुपैयाँ लागतको ३ वर्षे योजना। ८७ लाख रुपैयाँ अनुदान।

४. शिक्षा तथा सामुदायिक भवन (कुल विनियोजन : ३ करोड ७४ लाख रुपैयाँ) : 
ठोरी इन्फरमेसन आईटी कलेज ठोरी : २ करोड २३ लाख रुपैयाँ लागतको क्रमागत योजना। ४० लाख रुपैयाँ विनियोजन।
गाउँपालिका प्रशासकीय भवन निर्माण जिराभवानी : १ करोड रुपैयाँ लागत। ७० लाख रुपैयाँ अनुदान।
श्री राम चरित भगत मा.वि. भवन निर्माण पकाहा मैनपुर : ७ करोड ९६ लाख रुपैयाँ लागतको क्रमागत योजना। ८० लाख रुपैयाँ विनियोजन।
श्री राम चरित भगत मा.वि.को अधुरो भवनको दोस्रो तल्ला निर्माण पकाहा मैनपुर: ३ करोड ४४ लाख रुपैयाँ लागत। ५५ लाख रुपैयाँ अनुदान।
श्री ने.रा.आ.वि. बागवान भवन निर्माण पर्सागढी : १ करोड ७ लाख रुपैयाँ लागत। ५३ लाख रुपैयाँ अनुदान।
पर्खाल निर्माण श्री ने.रा. प्रा.वि. टिहुकी, छिपहरमाई : ७९ लाख रुपैयाँ लागत। ६६ लाख रुपैयाँ अनुदान।

५. कृषि तथा जीविकोपार्जन (कुल विनियोजन : २ करोड ८ लाख रुपैयाँ) : 
चिमल तरुलको व्यावसायिक खेती गर्ने योजना जगन्नाथपुर : ४ करोड ९७ लाख रुपैयाँ लागतको ३ वर्षे क्रमागत योजना। २ करोड २० लाख रुपैयाँ विनियोजन।
चिमल तरुलको व्यावसायिक खेती प्रवर्द्धन कार्यक्रम सखुवा प्रसौनी : १ करोड रुपैयाँ लागत। ७५ लाख रुपैयाँ अनुदान।
कृषि आधुनिकीकरण तथा व्यवसायीकरण परियोजना पोखरिया : १ करोड ७५ लाख रुपैयाँ लागत। १ करोड १३ लाख रुपैयाँ अनुदान।

६. आवास तथा पर्यटन (कुल विनियोजन: २ करोड ८७ लाख रुपैयाँ) :

विपन्न तथा सीमान्तीकृत समुदायको लागि नमुना आवास कार्यक्रम जगन्नाथपुर : ३ करोड रुपैयाँ लागतको ३ वर्षे योजना। ६९ लाख रुपैयाँ अनुदान।
विपन्न वर्गका लागि आवास निर्माण बिन्दबासिनी : २ करो १ लाख रुपैयाँ लागतको २ वर्षे योजना। ९० लाख रुपैयाँ अनुदान।
भुटन देवी पर्यटकीय पार्क निर्माण वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा : ४ करोड २७ लाख रुपैयाँ लागत। १ करोड २८ लाख रुपैयाँ अनुदान।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै