बीरगन्ज । पर्साबाट एकैदिन ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियानका क्रममा एकैदिन ११ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अदालतबाट सजाय पाइ फरार भएका प्रतिवादीलाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा पटेर्वासुुगौली–५ का मात्रै गौरी देवी थरुनी, रामा महतो थारु, रामपति देवी थरुनी, लक्ष्मन महतो, पलट महतो, लक्ष्मी महतो, रामेश्वर महतो थारु र रामायण माली रहेका छन् ।
यसैगरि बीरगन्ज महानगरपालिका वडा नम्बर ५ हाल बीरगन्ज–१० का जवाहिर प्रसाद यादव, बीरगन्ज–२४ पिपराका सतेन्द्र प्रसाद पटेल र बीरगन्ज–५ हाल वडा नम्बर १० का जवाहिर प्रसाद यादव नाम गरेकै थप अर्का एक जना रहेका छन् ।
पक्राउ परेकाहरुकामध्ये अधिकांश पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निवासी रहेका प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ७ जना कुटपिट मुद्दाका, ३ जना बैंकिङ कसूर र एक जना कर्तव्य ज्यान सम्बन्धि मुद्दाका छन् ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।