सर्लाही । सर्लाहीमा मोटरसाइकल पुलबाट खस्दा एकजनाको मृत्यु भएको छ।
आज बिहान करिब ३ बजे बरहथवा नगरपालिका वडा नं. १७ स्थित वडा कार्यालय नजिकै भएको दुर्घटनामा मलंगवा नगरपालिका–४ बस्ने ३५ वर्षीय घनश्याम रायको ज्यान गएको हो।
कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलको तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मोटरसाइकल पुलबाट २ देखि ३ मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका रायलाई तत्काल उपचारका लागि एलएस न्युरो अस्पताल, बारा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।