ट्रेन्डिङ

थारुहरुको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन जनकपुरमा सुरु

जनकपुरधाम । नेपालको आदिवासीको रुपमा रहेको थारु समुदायको अन्तर्राष्ट्रिय थारु सांस्कृतिक सम्मेलन जनकपुरमा सुरु भएको छ ।

दुई दिन सम्म चल्ने थारु सम्मेलन जनकपुरधामको महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा सोमबार सुरु भएको हो। सम्मेलनमा मधेस प्रदेशको मुख्य मन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको सम्मेलनको उद्दघाटन समारोहको विशिष्ट अतिथि गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी रहेका थिए ।

थारु अन्तर्राष्ट्रिय सभा च्यास्टरको अध्यक्ष श्रवन थारुको अध्यक्षता भएको सम्मेलनमा थारुहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो। सम्मेलनमा थारु अन्तर्राष्ट्रिय सभाका अध्यक्ष दीपनारायण प्रसाद, बिजय प्रसाद थारु,शान्ति चौधरी, बासुदेव चौधरी,श्याम नारायण सिंह,अन्जु पंजियार लगायत थारुहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै