जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ ।
गृह मन्त्रालयले उनको सरुवा गरेको जनाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट धनुषाका सिडिओको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार धनुषाका सिडिओ रामुराज कडरीयालाइ मन्त्रालय तानिएका छन् । भने मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।