ट्रेन्डिङ

जंगली हात्तीको आक्रमणमा सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा जंगली हात्तीले बिहान एक जनाको ज्यान लिएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बस्ने ६२ वर्षीय दशरथ बिष्ट रहेको वडा सदस्य जैनुदिन मियाँले जानकारी गराए। शनिबार बिहान करिब ३ बजेको समयमा मकैबारी रुङ्गेर बसेको अवस्थामा २०/२५ को संख्यामा जंगलबाट आएको हात्तीको समुहले बिष्ट माथी आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणमा परि बिष्टको घटनास्थल मै मृत्यु भएको स्थानीयले बताए । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थल पुगी आवश्यक अनुसन्धान भईरहेको र मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम राजबिराज स्थित रहेको गजेन्द्रनारायण सिंह अस्पताल लगिने तयारी भईरहेको प्रहरीले जनाएको छ।

मृतक बिष्ट स्थानीय एक वन उपभोक्ता समितिको पूर्व वन रक्षक रहेको बुझिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै