वीरगन्ज । वीरगन्ज महानगरपालिकाअन्तर्गत वडा नम्बर १२ ले महिला, बालबालिका तथा पिछडिएका वर्ग र जनजातिका लागि आयमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
यस तालिमका लागि इच्छुक व्यक्तिहरूलाई वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ। वडा कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार, दिगो आयआर्जन र क्षमता विकासका लागि सञ्चालन हुन लागेको यस तालिममा सहभागी हुन चाहने इच्छुक महिला तथा अन्य लक्षित वर्गका व्यक्तिहरूले आफ्नो परिचय खुल्ने कागजातहरू (नागरिकता वा जन्मदर्ता) को फोटोकपी र पासपोर्ट साइजको फोटो १ प्रतिसहित आगामी ५ दिनभित्र वडा समिति कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ।
वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, यस तालिमले वडाभित्रका महिला, बालबालिका र पिछडिएका समुदायको आयआर्जन बढाउनुका साथै उनीहरूको जीवनस्तर सुधार्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। यस अवसरको सदुपयोग गरी सीप सिक्न र आत्मनिर्भर बन्न इच्छुक सबैलाई वडा कार्यालयले तोकेको समयभित्र सम्पर्क गर्न अनुरोध गरिएको छ।