ट्रेन्डिङ

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

पर्सा । जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ रामभौरी नजिकै रहेको सितलपुर जंगलमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर २ बस्ने श्याम बहादुर भुलन छन् ।

यहि ९ गते श्यामसहित उनका साथी भक्त बहादुर आले र श्रवण भुलन सितलपुर जंगलमा कुरिलो खन्न गएका थिए । सोही क्रममा अचानक जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका साथीहरु भने ज्यान जोगाउन सफल भएका पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै