ट्रेन्डिङ

वाईसिएल धनुषाको अध्यक्षमा संजय शर्मा, को-को छन् अन्य पदाधिकारी ?

जनकपुरधाम । नेकपा माओवादी केन्द्र निकट योंग कम्यूनिष्ट लिग नेपाल धनुषाको जिल्ला सम्मेलनबाट पदाधिकारीको परिणाम घोषणा गरिएको छ ।

वाईसिएल धनुषाको अध्यक्षमा संजय शर्मा निर्वाचित भएको निर्वाचन समिति धनुषाले जनाएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा जयकुमार यादव, उपाध्यक्ष भरत साफी, उपाध्यक्ष विवेक यादव, सचिवमा रुपेश यादव, सहसचिवहरुमा कृष्णा यादव, सन्तोष कापर, रामहृदय महतो छोटु, मनित यादव, जितेन्द्र यादव र कोषाध्यक्षमा चाँदनी कुमारी राय निर्वाचित भएको निर्वाचन समितिका प्रतिनिधि सरोज यादवले बताए ।

चार दिन अघि जिल्ला सम्मेलनको उद्घाटनसत्रपछि बन्दसत्र सम्पन्न भए पनि आन्तरिक विवादका कारण सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट कमिटीलाई पूर्णता दिइएको उनको भनाइ छ ।

निर्वाचित भएका पदाधिकारीहरुको बैठकबाट सदस्यहरु थप्दैँ कमिटीलाई विस्तारसंगै पूर्णता दिने उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै