जनकपुरधाम । मधेस सरकारमा नियुक्त भएका दुइ जना मन्त्रीले शपथ लिएका छन् ।
जनमत पार्टीबाट बिहीबार प्रदेश सरकारमा सहभागी भएका बसन्त कुमार कुशवाहा र सन्जय यादवले पद तथा गोपनियता शपथ गरेका हुन् । उनीहरुलाइ प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
पार्टीले कुशवाहालाइ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र यादवलाइ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।
१२ सदस्सीय नयाँ मन्त्रीमण्डल विस्तार :
मधेस प्रदेश सरकारले दुइ मन्त्री फेर्दै नयाँ मन्त्रिपरिषद् गठन गरेको छ।
प्रदेश प्रमुखको सिफारिसमा प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा १२ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो ।
२०७९ साल असार २५ गतेको प्रदेशसभाको निर्णय तथा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
पूनर्गठित मन्त्रीमण्डल अनुसार मुख्यमन्त्री सतिश सिंहको नेतृत्वमा गृहमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी तिवारी छन् ।
यसैगरी स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह, सुनिल यादव अर्थ मन्त्री, प्रमोद जयसवाल खेलकुद मन्त्री छन् भने खानेपानी मन्त्री शेष नारायण यादव, श्रम मन्त्री कौशल किशोर राय तथा उद्योग मन्त्री बसन्त कुमार कुशवाहा र वन मन्त्री सन्जय यादव छन् ।
