ट्रेन्डिङ

मधेस सरकार सञ्चार क्षेत्रमा लगानी गर्न प्रतिबद्ध: मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले प्रदेशमा सञ्चारकर्मी तथा सञ्चार क्षेत्रको विकास र उत्थानका लागि सरकार गम्भीर रहेको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार सञ्चार क्षेत्रमा आवश्यक लगानी गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र सार्वजनिक प्रसारण सेवा नेपालबीच भवन प्रयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मुख्यमन्त्री सिंहले उक्त धारणा व्यक्त गरेका हुन्।

उनले भने, “सरकारी मिडियाले नाफा–नोक्सानको आधारमा काम गर्नु हुँदैन, यसले निजी सञ्चारमाध्यमलाई हतोत्साहित बनाउने काम गर्छ।”

कार्यक्रममा मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले सरकारको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरे।

उनले सम्झौताले मधेस प्रदेशको सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै भने, “अब नेपाल टेलिभिजन र रेडियो नेपालका प्रसारणहरू जनकपुरमै मन्त्रालयको भवनबाट सुरु हुन गइरहेका छन्, जुन हामी सबैका लागि गर्वको कुरा हो।”

सम्झौताअनुसार मधेस प्रदेश सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनकपुरमा आवश्यक भवन उपलब्ध गराउनेछ।

बदला स्वरूप, यी दुबै सरकारी सञ्चारमाध्यमले जनकपुरबाट आफ्ना सेवा औपचारिक रूपमा विस्तार गर्नेछन्।

पुनः सुरु हुँदै ‘प्रदेश डायरी’

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र बिष्टले सम्झौता पश्चात ‘प्रदेश डायरी’ कार्यक्रम पुनः सुरु हुने जानकारी दिए।

३३ वर्षअघिदेखि प्रसारणमा रहेको उक्त कार्यक्रम केही वर्षयता बन्द रहेको थियो।

बिष्टले यस सम्झौताबाट मधेसका सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै