ट्रेन्डिङ

एमाले धनुषाको मतगणना जारी, अध्यक्षदेखि उपसचिवसम्मको अग्रता यस्तो छ

जनकपुर । नेकपा (एमाले) धनुषाको बुधबार सम्पन्न निर्वाचनको मतगणना कार्य तीव्र गतिमा जारी रहेको छ।

हालसम्म ३१४ मतको गणना सम्पन्न हुँदा अध्यक्षदेखि उपसचिव महिला पदसम्मको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

पार्टी स्रोतका अनुसार, अध्यक्ष पदमा भोला यादव २०३ मत ल्याएर ९२ मतको अग्रतामा छन्।

उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी नारायण यादवले १११ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदतर्फ तेज नारायण यादव २१३ मतसहित अगाडि छन्।

उनले जय प्रकाश सुनरैतभन्दा ११४ मतले अगाडि रहेका छन्। जय प्रकाशले ९९ मत पाएका छन्।

सचिव पदमा दीप नारायण ठाकुर (दिपन) १८० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी धीरेन्द्र मण्डलले ११६ मत प्राप्त गरेका छन्। यसअनुसार ठाकुर ६४ मतले अघि छन्।

त्यसैगरी, उपसचिव पदमा सबिन विक्रम थापा १७८ मतसहित अगाडि छन्।

उनका प्रतिस्पर्धी हरि किशोर यादवले १०९ मत प्राप्त गरेका छन्, जसअनुसार थापा ६९ मतले अगाडि रहेका छन्।

महिला उपसचिव पदमा रुका मिश्रा १८१ मत ल्याएर ८३ मतको स्पष्ट अग्रतामा छन्।

उनको प्रतिस्पर्धी किरण कापरले ९८ मत पाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै