जनकपुर । धनुषा प्रहरीले हत्याका फरार एकजना अभियुक्तलाइ पक्राउ गरेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार अभियुक्तलाइ पक्राउ गरेको हो ।
प्रहरीले हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
उनी आफनै श्रीमतीको हत्या गरी फरार रहेको आरोप लागेको छ ।
प्रहरीका अनुसार गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।
अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर फरार भएका थिए ।
स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । सोही कारण श्रीमान यादवले हत्या गरेको हुन सक्ने अनुमान छ ।
श्रीमान् रामहरि पक्राउ परेपनि छोरी भने अझै बेपत्ता नै रहेको प्रहरीले जनाएको छ ।