जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले प्रदेसका कर्मचारीहरुमा काम गर्ने मनसाय कम देखिएको बताएका छन ।
अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
बिहीबार विहान भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव संकलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरु काम गर्ने मनसाय एकदम कम देखिएको उनको भनाइ छ ।
कर्मचारीहरुको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाइ तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रमा सहाभागी सचिवहरुलाइ मुख्यमन्त्री सिंहले भने, ‘अब यो प्रवृतिले प्रदेश सरकारको पर्फमेन्समाथि नै प्रश्न उठछ, त्यसकारण यसलाइ तपाइहरु सुधार गर्नुस । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाइ मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस, त्यसमा प्रदेस सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरुको लागि घटुवा हुने व्यवस्था गर्नुस, तब मात्रै यो समस्या समाधान हुनेछ ।’
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रष्ट्याए ।
सबै सचिवहरुबाट प्राप्त महत्वपूर्ण सुझावलाइ आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।
रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, अवान्डा बजेट नराख्ने विषय, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण , कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसाहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो ।
जसमा सचिवहरुले आफ्नो राय तथा सुझाव मुख्यनत्री सिंहलाइ टिपाएका छन ।
कसरी विनियोजन विधेयक तयार गर्ने ? त्यसमा संघीय नीतिलाइ मध्यनजर गरेर जान सचिवहरुले सुझाए दिएका छन ।