ट्रेन्डिङ

नाम थर बताउन नसक्ने एक पुरुषको वीरगन्जबाट उद्दार

वीरगन्ज । वीरगन्जबाट एक जना पुरुषको उद्दार गरिएको छ । मंगलबार राती परवानीपुर चोकबाट एक जनाको उद्दार गरिएको हो ।

नाम थर बताउन नसक्ने अन्दाजी ४० वर्षका एक पुरुषको उद्दार गरिएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए ।

उनका अनुसार हाल पुरुषलाइ मानव सेवा आश्रम वीरगन्ज शाखामा राखिएको छ ।

उद्दारको क्रममा गुप्तासहित सामाजिक अभियान्ता प्रकाश थारु, प्रहरी तथा स्थानीय लगायतको उपस्थिति थियो ।

मानव सेवा आश्रमले अलपत्र, बेवारिसे तथा सडकमा आश्रित मानवहरुलाइ उद्दार गरि आश्रय दिने गरेको छ ।

२०७६ साल जेठ १५ स्थापना भएको आश्रमको वीरगन्जस्थित शाखाले हालसम्म २७६ जनाको उद्दार गरिसकेको तथ्यांक छ ।

उनीहरुमध्ये ९७ को पारिवारिक पुनर्मिलन गराइसकेको गुप्ता बताउँछन् ।

हाल आश्रमको सिरिसियास्थित भवनमा ५७ महिला, पुरुष र बालबालिका आश्रित छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै