ट्रेन्डिङ

महोत्तरीमा ज्यान मार्ने उद्योगको अभियोगमा फरार अभियुक्त चार वर्षपछि पक्राउ

महोत्तरी । चार वर्षदेखि फरार रहेका ज्यान मार्ने उद्योग र डाँकासम्बन्धी गम्भीर अभियोगमा संलग्न एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार पक्राउ परेका व्यक्ति धनुषा जिल्लाको बिदेही नगरपालिका–४, झिझा टोलका ३८ वर्षीय मिथलेश पासवान हुन्। उनी २०७८ साल असार ३ गते भएको एक आपराधिक घटनापछि फरार रहेका थिए।

पासवानलाई ज्यान मार्ने उद्योग, डाँका तथा हातहतियार खरखजाना मुद्दामा संलग्न भएको आरोपमा २०८२ साल जेठ ३ गते पक्राउ गरिएको हो। पक्राउपश्चात उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शैलेन्द्र कुमार भट्टका अनुसार उक्त अभियोगमा संलग्न रहेर फरार रहेका अन्य सम्भावित व्यक्तिहरुका बारेमा समेत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै