ट्रेन्डिङ

सप्तरीमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला, एकको शव कार्यालय प्रमुखकै कार्यकक्षमा

सिन अफ क्राइम टोली घटनास्थलमा

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुईजना झुन्डिएको अवस्थामा भेटिएका छन् ।

नगरपालिकाको वडा नम्बर ३ तत्मा टोल बस्ने शंकर दासको १७ वर्षीया छोरी नन्दनी कुमारी दास झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

आइतबार दिउँसो करिब साढे तिन बजेको समयमा घरमा कोही नभएको बेलामा आफ्नै घरको माथिल्लो तलामा रहेको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यस्तै कञ्चनरुपकै वडा नं.८ स्थित रहेको चन्द्र नहर सिँचाइ  उपभोक्ता संस्थाको कार्यालयको कार्यालय प्रमुखको कोठामा एक युवक डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा तिरहुत गाउँपालिका–३, गोइठी बस्ने  २० वर्षीय कमलकान्त माहात्मान यादव रहेका प्रहरीले जनाएको छ ।

मृतक यादवका बुवा सोही सिचाइ उपभोक्ता संस्थाको कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए र मृतक कमलकान्त बुवासंगै बस्दै आईरहेका थिए ।

घटनाको समयमा कार्यालयमा  कोही व्यक्ति नरहेको तथा कार्यालय बन्द रहेको जनाइएको छ ।

घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोली र सोको अर्थात् ‘सिन अफ क्राइम अफिसर’ को समूह घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताइएको छ ।

प्रहरीका अनुसार दुबै जनाले आत्महत्या गरेको हुन सक्ने  अनुमान छ ।

सिचाइ कार्यालयको घटनामा प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रारम्भ गरेको थियो ।

मृतकहरुको शवलाई पोष्टमार्टमका अस्पताल पाठाएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै