ट्रेन्डिङ

कलैया पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कलैया । कलैया उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

कलैयाको सबै २७ वटा वडा पुर्ण खोप सुनिश्चितता भएसङ्गै आज करण राज प्यालेशमा एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जनाएका छन् ।

कलैया उपमहानगरपालिकामा ० देखी ११ महिना सम्मका बालबालिकाको संख्या २९१६ रहेको स्वास्थ शाखा प्रमुख अजय जयस्वालले जनाए । त्यसैगरी १२ देखि २३ महिनाको बालबालिकाको संख्या २८२७, १५ देखि २३ महिनाको बालबालिकाको संख्या १८५६ रहेकोमा सबैलाई पाउनु पर्ने सम्पूर्ण खोप लगाई पूर्णखोप सुनिशिचतता गरिएको जयस्वालले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति तथा पालिका खोप समन्वय समितिले अनुगमग गरी प्रमाणित गरेपछि वडा खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता गर्ने गरेको छ । नेपालमा ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गर्नका लागि स्थानीय तहले केही प्रमुख मापदण्डहरू पूरा गर्नुपर्छ। यी मापदण्डहरू स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाले तोकेको हुन्छन् ।

कलैयाका मेयर बिनोद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि उप मेयर रौशन प्रविण, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, डाक्टर सुरेन्द्र साह, डा. बद्री दास, विभिन्न वडाका अध्यक्ष तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै