काठमाण्डौँ । चालु आर्थिक वर्षको एक महिनामा प्रदेश सरकारहरुले गरेको खर्च विवरण सार्वजनिक भएको छ । चालु आव ०८१÷०८२ को साउन महिनामा प्रदेश सरकारहरुले गरेको खर्च विवरण सार्वजनिक भएको हो ।
बिहिबार नेपाल राष्ट्र बैंकले सातै प्रदेश सरकारहरुले गरेको खर्चबारे तथ्यांक प्रस्तुत गरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश सरकारहरुको कुल खर्च एक अर्ब ६२ करोड रुपैँया र स्रोत परिचालनमा ७ अर्ब ९१ करोड रुपैँया उल्लेख छ ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी ५ अर्ब २० करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २ अर्ब ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको हो ।