ट्रेन्डिङ

मधेसको गृह मन्त्रालय अगाडि सहिद परिवारहरुको धर्ना आज पनि जारी

जनकपुर । मधेश आन्दोलनका सहिद परिवारहरुको धर्ना आज दोस्रोदिन पनि जारी छ ।

विभिन्न माग राख्दै सहिद परिवारका व्यक्तिहरु आन्दोलित भएका छन् । सहिद परिवारलाई रोजगारीसहितको मांग गर्दै आन्दोलान थालिएको हो । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अगाडि उनीहरु धर्ना बसेर विरोध जनाइरहेका छन् ।

एक सहिद परिवार, एक रोजगार कार्यक्रममार्फत सहिद परिवारका व्यक्तिलाई रोजगारी दिएपनि जनमत नेतृत्वको वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरु आक्रोशित हुँदै आन्दोलित भएको जनाइएको छ ।

मधेसी सहिद प्रतिष्ठानको रिक्त पदमा सदस्य नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर धर्ना दिइएको बताइन्छ ।

बितेको फागुनमै प्रतिष्ठानमा दुइ सदस्य पद रिक्त भएतापनि प्रदेश सरकारले हालसम्म सदस्य नियुक्तीमा चासो नदेखाएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै