ट्रेन्डिङ

महोत्तरीका सिडिओ किन तानिए गृह मन्त्रालय ?

धनुषा । महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गृह मन्त्रालय तानिएका छन् ।

सिडिओ लालबाबु कवारी आइतबार मन्त्रालय तानिएका हुन् ।

उनको सट्टामा मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीको सिडिओको जिम्मा दिएको छ।

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए । उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो ।

सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो । धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ। 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै