ट्रेन्डिङ

यसरी पक्राउ परे कटुवा पेस्तोल र गोलीसहित सर्लाहीबाट एक युवक

वीरगन्ज । कटुवा पेस्तोलसहित सर्लाहीबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षका २२ वर्षीय दीपक साह छन् । उनलाई गाँउपालिकाको वडा नम्बर २ रबि होटल अगाडीबाटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सर्लाही प्रहरीले उनको शंकास्पद कृयाकलाप ‘वाच’ गरेको थियो । सोही क्रममा जाँच गर्दा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र गोली बरामद भएको सर्लाहीका डिएसपी सरोज राइले बताए ।

उनका अनुसार साहले आफ्नो कम्मरको बाँयापट्टीको साइडमा भिरेको अवस्थामा कटुवा पेस्तोल १ थान र हाप पाइन्टको दाहिने पट्टीको खल्तिबाट १ राउण्ड गोली फेला पारेको हो ।

पक्राउ परेकालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै