जनकपुर । मधेस प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ ।
नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएसंगै प्रहरी प्रधान कार्यालयले मधेसमा चतुर्वेदीको सरुवा गरेको हो ।
यसघिका डिआइजी लालमणि आचार्यको बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीको सरुवा भएको हो ।
गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको सरूवा गरेको हो ।
यसैगरी प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरेको हो ।