ट्रेन्डिङ

बैशाख २३ र ज्येष्ठ २८ गते मधेसमा सार्वजनिक बिदा

साइप्रस । मधेस प्रदेश सरकारले मंगलबार र बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

सीता जयन्ती र कविर दास जयन्तीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

मंगलबार र बुधबार अर्थात् बैशाख २३ र ज्येष्ठ २८ गते प्रदेशभर बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘मधेस सरकारद्रारा २०८१ साल चैत्र ११ गतेको मधेस राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति२०८२/०१/२३ गते मगंलबार जानकी नवमी (सीता जयन्ती) र मिति २०८२/२/२८ गते बुधबार कविर दास जयन्तीका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै