ट्रेन्डिङ

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ सप्तरीले आयोजना गर्यो अन्तरक्रिया कार्यक्रम, कसले के भने ?

सप्तरी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा भएको कार्यक्रम महासंघको सभाहलमा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघ सप्तरीका पुर्व अध्यक्ष बिष्णु मण्डलले पत्रकारहरु स्वतन्त्र नभएसम्म प्रेस स्वतन्त्रता दिवसको औचित्य नहुने औल्याए ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजु विश्वकर्माले सरकारले पत्रकारहरु सुरक्षाको जिम्मेवारी नलिनुका साथै पत्रकारको मृत्यु हुँदा पनि दोषीलाई कारबाही दायरामा ल्याउन चुक्ने बताए ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सप्तरीको भुमिमा रहेर पत्रकारिता गर्नु निकै नै चुनौतीपूर्ण रहेको बताउदै यहाँका पत्रकारहरुलाई विभिन्न अराजक तत्वहरुले धाक धम्की दिने गरेको पनि जानकारी आउने गरेको उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ,नेपालका केन्द्रिय उपाध्यक्ष तथा महासंघका मधेस प्रदेश उपसचिव भोला पासवानले आचारसंहिताको बढी उल्लंघन गर्ने सञ्चारकर्मीहरु नै बढी लोकप्रिय बन्ने अवस्था सिर्जना हुनु दुखद भएको गुनासो गरे ।

कार्यक्रममा बोल्ने अधिकांस सञ्चारकर्मीरुले आचारसंहिता उल्लङघन र राज्यले पत्रकार माथी गर्ने दमनका बिषय र घटनाबारे आवाज उठाएका थिए ।

कार्यक्रममा पत्रकारको पेसागत हकहितमा कार्यरत संघ,संगठनहरुका पदाधिकारीहरु र जिल्लाभरिको विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरु उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै