सप्तरी । सप्तरी जिल्लाका दलित अगुवाहरुको बैठक शनिबार राजबिराजमा सम्पन्न भएको छ।
नेपाल दलित संघका जिल्ला अध्यक्ष समेत रहेको संयुक्त राजनैतिक दलित संघर्ष समितिका अध्यक्ष भुवनेश्वर रजक अध्यक्षता बैठक बसेको हो।
बैठकमा दलित सरोकार मञ्च नेपालका प्रमुख कार्यकारी निर्देशक तथा अनुसंधानकर्ता भोला पासमानले दलितहरुको छुट्टाछुट्टै संघर्ष समिति गठन गरेर अगाडि बढ्नुपर्ने औल्याए ।
संविधान जारी भएको १० बर्ष पुग्न लाग्दा दलितलाई गणतन्त्रले छुन नसकेको बैठकमा सहभागीहरु गुनासो गरे ।
बैठकमा सहभागीहरुले राजनैतिक दलमा आवद्ध दलित अगुवाहरु दलितको हक,अधिकार र सामाजिक न्यायका आ-आफ्नो दलमा आवाज उठाउन आग्रह समेत गरेका छन् ।
बैठकले जेठ १५ गतेको गणतन्त्र दिवस तथा २१ गते अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसमा जिल्लाभर बिरोधका कार्यक्रमहरु गर्ने लगायतका विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।