काठमाण्डौँ । सुनको मुल्य लगातार उकालो लाग्ने क्रममा छ । सुनको मूल्यले बिहिबार नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बिहिबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले सूचना प्रकाशित गर्दै जनाएको छ ।
बुधरबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।