पर्सा । पर्सा प्रहरीले कुखुरा बरामद गरी नष्ट पारेको छ ।
जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ जमुनियाबाट शुक्रबार बिहान प्रहरीले कुखुरा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नवाल आउने सवारी जाँच गरेको थियो ।
सो क्रममा बा ७ प ८६३४, ना २६ प २८८९ र ना २३ प ४७७८ नम्बरको मोटरसाइकलबाट भन्सार छलीका कुखुराहरु बरामद गरेको प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।
उनका अनुसार प्रहरीले ९० वटा अन्दाजी एकसय ५० केजीका कुखुराहरु नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नासाथ मोटसाइकलमा सवार मानिसहरु फरार भएका तथा बरामद कुखुराहरु जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानियको रोहबरमा खाल्डोमा पुरेर नष्ट पारिएको प्रहरीले जानकारी दिएको छ ।
