ट्रेन्डिङ

रोकी राखेको टिपरमा ठोक्किाँदा सप्तरीमा एक मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल दर्घटनामा परी आज विहान एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनसार बिहीबार राति करिब १ बजेको समयमा पूर्व पश्चिम राजमार्ग स्थित सुरुङगा नगरपालिकामा एकजनाको मृत्यु भएको हो ।

नगरपालिकाको वडा नम्बर– ५ कुशहा जिनिस अस्पतालस्थित रोकिराखेको टिपरमा ठोकिएर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पठाइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुरुषको नाम, थर ठेगाना भने खुल्न नसकेको प्रहरी बताउँछ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै