काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।