ट्रेन्डिङ

श्रेणीविहीन र साना कर्मचारीलाई स्थायीको माग गर्दै आजपाले बुझायो ज्ञापन पत्र

काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारी सेवामा विपन्न तथा गरिब नागरिकको पहुँचलाई बन्देज लगाएको भन्दै लोकसेवा आयोगका अध्यक्षमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार आजपा प्रवक्ता चन्द्रभुषण(सीबी)साहको नेतृत्वमा गएको टोलीले सरकारी सेवामा प्रवेश निशेष गरेको विभेदपूर्ण कार्यप्रति आपत्ति प्रकट गर्दै श्रेणीविहीन (अस्थायी, करार र ज्यालादारी) मा कार्यरत कर्मचारी (कार्यालय सहयोगी, सवारी चालक, माली, स्वीपर, हुलाक, हल्कारा, सुरक्षागार्ड) लाई स्थायी गर्न तथा थप नयाँ पदपूर्ती गर्न गराउन लोकसेवा आयोगका अध्यक्षमार्फत नेपाल सरकारलाई समेत गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ ।

आयोगले निजामती लगायतका विभिन्न सरकारी सेवाहरुमा स्थायी पदपूर्तीका लागि क्रियाशिल रहदै आएको सन्दर्भमा पछिल्ला केही दशक यता आएर श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तीका लागि कुनै पनि विज्ञापन नखुलाएको तथा लामो समयदेखि कार्यरत कर्मचारीहरुको भविष्यप्रति कुनै चासो र पहलकदमी नलिएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भए कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने ज्ञापन पत्रमा जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै