वीरगन्ज । सडक डिभिजन कार्यालय हेटौडाले नापी कार्यालय हेटौडालाई सडकको सीमाङ्कन गरिदिनकालागि पत्र लेखेको छ ।
त्रिभूवन लोकपथको रातोमाटेदेखि बुद्धचोक र महेन्द्र लोकपथको बुद्धचोकदेखि राप्तीपुलसम्मको सडकको सीमा नाप जाँच गर्नकालागि कार्यालयले बैशाख ११ गते नै पत्राचार गरेको हो । सडक सीमा २५ /२५ गज संरक्षण गर्न तथा सर्वोच्च अदालतले बिभिन्न मितिमा गरेको फैसलाहरुको कार्यान्वयनको प्रयोजनकोलागि सीमा नाप्नकालागि कार्यालयले डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए । कार्यालयले सडक सीमा नापजाँच गरि सरकार सम्पति संरक्षणको कार्यमा सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ ।
२०८१ फाल्गुन २८ गते सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्ध परेको रिट खारेजी गरेको थियो ।