सर्लाही । सर्लाही जिल्लामा घरेलु विवादले ज्यान लिने अवस्था सिर्जना भएको छ।
जिल्लाको बिष्णु गाउँपालिका–३ निवासी ३६ वर्षीय गजेन्द्रा हजारीको श्रीमती ३३ वर्षीया हेमु देवीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान जेठाजुसंग घरायसी विवाद भएको थियो।
विवाद चर्किएपछि साहेब हजारीलेहेमु देवीमाथि धारिलो हतियार (फरसी) प्रहार गरेका थिए।
टाउको, मुख र गलामा गम्भीर चोट लागेपछि घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी मधुवनगढीबाट खटिएको टोलीले आरोपी हजारीलाइ घटनास्थलबाटै पक्राउ गरेको हो।
पक्राउका क्रममा उनलाई घटनामा प्रयोग गरिएको धारिलो हतियारसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बलिष्टर बलिष्टर सिंहले जानकारी दिएका छन्।
पक्राउ परेका आरोपीलाई जिल्ला अदालत सर्लाहीबाट तीन दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको जनाएको छ।