रुपन्देही । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता भएका छन् ।
सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षिय उमेश यादव, १४ वर्षिय राज यादव र १२ वर्षिय मुनु हरिजन रहेका सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनीहरु सो नदिमा पौडी खेल्ने क्रममा आज दिउसो करिब साढे १२ बजे बेपत्ता भएको बताईएको छ ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको सहप्रबक्ता थापाले बताए ।