ट्रेन्डिङ

विद्युत पोलमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, अर्को एक जना गम्भीर घाइते

वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सोमबार बिहान जिराभवानी गाउँपालिका–२ सडकखण्डमा रहेको विद्युत पोलमा मोटरसाइकल अनियन्त्रित भइ ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय बिहारी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले बताए ।

जिराभवानी गाउँपालिका–२ सडकखण्डमा आज बिहान ग ५ प ८३१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार रामको मृत्यु भएको हो भने अर्का जलेश्वर राम गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा ल्याउने क्रममा बिहारी रामको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक जलेश्वर घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै