ट्रेन्डिङ

वीरगन्जमा बजेटको माग गर्दै जनमत पर्साले बुझायो अर्थमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र, के के छन् माग ?

वीरगन्ज । जनमत पार्टी पर्साले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेजमा पर्साका केही योजनाहरुलाई समावेश गर्न अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत जनमत पर्साले अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताहरुको टोली प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो पत्र बुझाएको हो ।
‘रास्ट्र निर्माणमा पर्सा जिल्लाको भूमिका महत्त्वपूर्ण रहे पनि बिकासको सवालमा राज्यबाट पर्सा जिल्ला सधै विभेदमा पर्दै आएको छ । पर्सा जिल्लाको समग्र बिकासको लागि र पर्सा जिल्लासँग न्याय हेतु नेपाल सरकारको आगामी आर्थिक वर्षको २०८२÷८३ को नीति तथा कार्यक्रम एवं बजेट निर्माणमा निम्न अनुसारको योजना÷कार्यक्रम समावेश गर्न अनुरोध गर्दछौंं ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अलपत्र रहेका नारायणी रंगशालाको लागि आवश्यक बजेट, नारायणी अस्पतालको बिकास एवं पूर्वाधार निर्माणमा विशेष प्राथमिकता, जनता सडक निर्माणको लागि आवश्यक बजेट, सिँचाइको लागि विशेष कार्यक्रम एवं बजेट, सिर्सिया नदिलाई संरक्षण एवं कौरिडोरको रुपमा विकसित गर्न कार्यक्रम एवं बजेट, पर्साको ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न विशेष प्याकेज, वीरगन्ज स्थित कृषी औजार कारखानाको लागि आवश्यक बजेट, समय मै आवश्यक मल, खाद्यको व्यवस्थापन तथा वितरण बजेटलगायतका १० बुँदे माग राख्दै जनमतले प्रजिअ अर्यालमार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै