ट्रेन्डिङ

टिकटकमा पेस्तोल देखाएर भिडिओ बनाउने युवक पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले टिकटकमा पेस्तोल देखाएर भिडिओ बनाएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडिओ टिकटकमा पोष्ट गरेका थिए । सोही भिडिओका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई मायादेवी गाउँपालिका–१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै