ट्रेन्डिङ

पर्साबाट एक महिनामा ५५ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ५५ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

गत वर्ष अर्थात् २०८१ साल चैत एकदेखि ३१ गतेसम्म एक महिनाको अवधिमा प्रहरीले ती सङख्याका प्रतिवादीलाइ पक्राउ गरेको हो ।

उनीहरुलाइ लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी सुवास भट्टले बताए ।

विभिन्न मुद्दामा फैसला कार्यान्वयनपछि फरार भएका प्रतिवादी पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ परेका सबै प्रतिवादीलाइ आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै