ट्रेन्डिङ

प्रदेश खेलकुद मन्त्री जैवासलले गरे मस्जिदको शिलान्यास

वीरगन्ज । मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले सखुवा प्रसौनी गाउँपालिकामा एक मस्जिदको शिलान्यास गरेका छन् ।

सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर–३ मा मस्जिदको शिलान्यास गरिएको हो । मंगलबार एक कार्यक्रमबिच खेलकुद मन्त्री जैसवालले मस्जिको शिलान्यास गरेका हुन ।

यही आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरी मस्विदको शिलान्यास गरिएको खेलकुद मन्त्री जैसवालले बताए ।२५ लाखमा लागतमा मस्जिदको दोस्रो तल्ला निर्माण गर्न लागिएको खेलकुद मन्त्री जैसवालका सचिवालयले जनाएको छ ।

शिलान्यास गर्दै मन्त्री जैसवालले ठेकदारलाई भने, ‘निर्माणको कार्यमापदण्ड अनुसार गर्नुहोला, कुनै पनि कमजोरी हुनुहुँदैन । निर्माणमा कुनै कमजोरी स्वीकार्य हुँदैन ।’

खेलकुद मन्त्री सचिवालयका अनुसार मन्त्री जैसवालले आज मात्रै १२ वटा निर्माणका कार्यको शिलान्यास गरिएको छ ।

शिलान्यासकाको कार्यक्रममा गाउँका पूर्वगाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, वडा नम्बर–३ का वडाध्यक्ष सलिम मियाँ, कासिम अन्सारी, इन्सारुल मन्सुरी, नाथु अन्सारीसहितका सहभागीता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै