ट्रेन्डिङ

निषेधज्ञा हटेपछि मात्रै एमाले वीरगन्ज महानगर कमिटिको नेतृत्व चयन हुने

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एमाले वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ ।

महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो । नोमिनेशन भएको चार दिन बितिसक्दा पनि मतदान भने अझै हुन नसकेको अध्यक्ष पदका उम्मेदवार सुन्दर राउत कुर्मीले बताए ।

वीरगन्जमा नोमिनेशनकै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए । उनका अनुसार अहिले पनि वीरगन्ज निषेधज्ञा लागू छ, यो अवधिमा मतदान गराउन सकिदैन ।

उनले भने, ‘अहिले हामीलाई यहीकारणले कठिनाइ भइरहेको छ, अब यो हटेपछि अध्यक्ष मण्डलहरुको बैठक बसेर हामी मतदान गराउने छौं ।
तर अहिलेको अवधिमा सम्भव नरहेको उनको भनाइ छ ।

गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको जनाइएको छ ।

अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै