ट्रेन्डिङ

दुर्गा प्रसाईको ज्यानको सुरक्षाका लागि आहवान

काठमाण्डौँ । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईको ज्यानको सुरक्षाको लागि आहवान गरिएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले यस्तो आहवान गरेको हो ।

समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन् ।

विज्ञप्तिमा प्रवक्ता नेपालले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइपुर्‍याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्‍याइदिन आफैँ अनुरोध गर्नुभएको समेत विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै