ट्रेन्डिङ

बाराबाट १० किलो ७०० ग्राम गाँजासहित यसरी पक्राउ परे थिङ…

वीरगन्ज । लागू औषध गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने रबि थिङ रहेका छन् ।

हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकलमा गाँजा लोड रहेको सूचना प्रहरीले पायो ।

सोही सूचनाको आधारमा जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जस्थित प्रहरी कार्यालय अगाडीको चेक प्वाइन्टमा प्रहरीले जाँचका लागि मोटरसाईकल रोक्न खोज्यो, तर मोटरसाइकलसहित चालक थिङ त्यहाँबाट भागे ।

त्यसपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डको टोलीले लखेट्यो ।

लखेट्दै जाँदा प्रहरीले उनलाई गणेश मन्दिर नजिक फेला पार्यो र जाँच गर्यो । सोही क्रममा थिङले बोकेको कालो झोलाबाट ६ किलोग्राम र मोटरसाइकलको ट्याङकीभित्रबाट चार किलो ७०० ग्राम गरि जम्मा १० किलो ७०० ग्राम गाँजा फेला पारेको डिएसपी बिजयराज पण्डितले बताए ।

पक्राउ परेकामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै