काठमाण्डौँ । तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ रहेका प्रहरीले जनाएको छ ।
उनलाई लाइट तोडफोड र तीनकुनेको तथा जडीबुटीमा आगजनी गरेको कसुरमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
तामाङमाथि प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा अहिलेसम्म ७३ जना पक्राउ परिसकेका छन् ।